Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बच्चा छोडेको आरोपमा पूर्वसभासद गायत्री साह श्रीमानसहित पक्राउ

काठमाडौं : प्रहरीले पूर्वसभासद गायत्री साहलाई पक्राउ गरेको छ । आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पूर्व सांसद गायत्री साह र उनका श्रीमान राजेश महतो समेत पक्राउ परेका हुन् । उनीहरुलाई शुक्रबार ललितपुरको मेडिसिटी अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो ।

‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्माएपछि उनीहरुले शिशुलाई अस्पतालमै छाडेका थिए ।

शिशु छाडेको अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै गायत्री साह र उनका श्रीमान केही दिनदेखि त्यहाँ आन्दोलनरत थिए ।

अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन सिन्ड्रम’ भएको जन्मिएको दावी गर्दै पूर्वसभासद् साहले बच्चाको स्वास्थ्यको जिम्मा अस्पतालले लिनुपर्ने दावी गरेकी छिन् ।

तर अस्पतालल आफ्नो कारण डाउन सिन्ड्रम बच्चा नजन्मेको दावी गर्दै आएको छ । अस्पतालले पटक पटक बच्चा बुझ्न साहलाई आग्रह गरेपनि बुझ्न मानेको छैन ।

अस्पतालमा बच्चालाई दुध खुवाई रहेको बेला प्रहरीले पूर्वसभासद् साह र उनका श्रीमानलाई पक्राउ गरेर लगेको गायत्री साहका दाजु सुवास चन्द्र साहले बताए ।

यता, महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमोरियाले साह दम्पत्तिलाई पक्राउ गरी परिसरमा राखिएको जानकारी दिए ।

पूर्वसभासद् साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् । डाउन सिन्ड्रम भएको बच्चा जन्मिए पछि उनले बच्चा बुझ्न मानेकी छैनन् ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्