Logo
२ जेष्ठ २०८१, बुधबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा फानी चक्रवातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

एजेन्सी : ‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यस्थित पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

फानी चक्रवातले मच्चाएको बितण्डाले अझै पनि उक्त क्षेत्र सञ्चार सम्पर्कबाट विक्षेद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै उडिसा राज्यका अन्य क्षेत्रसँगको पनि सम्पर्क टुटेका छन् ।

पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेपछि राज्यका अन्य क्षेत्रमा पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

फानी चक्रवातले पुर्‍याएको क्षतिका कारण दुई दिन बित्दा पनि विद्युत सेवा सञ्चालनमा आउन सकेको छैन । सयौँ बिजुलीका पोल ढल्नुका साथै ट्रान्सफर्मरहरुमा क्षति पुगेको छ ।

यस्तै, दर्जनौँ सडकका पुल भत्किएका छन् भने शहरी क्षेत्रलाई जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विद्युत सेवा अवरुद्ध हुँदा पानीको आपुर्ति समेत प्रभावित भएको छ । जसका कारण पिउन र शौचालय जानसमेत मानिसहरुले समस्या भोग्नु परिरहेको छ ।

उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले फानी चक्रवातको खतरामा रहेका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्