Logo
१८ बैशाख २०८१, मंगलबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामना सेवा विकास बैंक महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं : संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फ प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्