Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोपनियताको सपथ गराउने प्रचलन हटाउन निर्देशन ‘पदको मात्र सपथ गराउने हो, गोपनियताको होइन’

काठमाडौं : राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँइदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएको हो।

आईतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले भने, ‘राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने गरिएको छ। अब सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई हटाउनुपर्छ। ‘

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे। आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गर्दै प्रभातफेरी निकालेको हो।

काठमाडौंको बाघबजारबाट निकालिएको प्रभातफेरी पुतलीसडक, अनामनगर हुँदै बानेश्वरको देवीनगरस्थित आयोगको कार्यालयमा पुगेर समापन गरिएको थियो। प्रभाफेरीमा ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’, ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’लगायत लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरिएको थियो।

सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ साल बैशाख २२ गते अर्थात् आजकै दिन राष्ट्रिय सूचना आयोगको गठन भएको थियो । आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताए। विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्