Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको सुनौलो भविष्यका लागि पार्टी महाधिवेशन तत्काल गर्न देउवालाई पौडेलको दवाव

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने तर्क समेत गरे ।

आईतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका स्वर्गीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको रक्षा र मुलुककै रक्षाका लागि पनि नेपाली काँग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान सञ्चालन गर्नुको विकल्प नरहेको पनि बताए ।

आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा काँग्रेसलाई सफल बनाउनुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको पनि दोहोर्याए । कार्यक्रममा बोल्दै काँग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुनेगरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे ।

उनले संक्रमणकालका बाँकी कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दावी समेत गरे ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको दावी पनि गरे ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्