Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैदीको गुनासो : ‘सामग्रीकाे माग भए बनाउन जति पनि सक्छाैं’

काठमाडौं : जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउँछन् । उनले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने ¥याक, मुडालगायत थुप्रै सामग्री तयार पार्छन् । योङ्याले बनाइएका सामग्रीले भने बजार नपाउँदा सामग्री बनाउन नै छाडेका छन् । उनी भन्छन्- ‘सुरु-सुरुमा धेरै सामग्री बनाइयो बिक्री भएन् । सामग्री बनाएर मात्र के गर्नु बिक्री नै नभएपछि अहिले कसैले माग गरे भने मात्र बनाउने गरेको छु ।’

आफ्नो क्षमता भएर पनि आफूले आम्दानी लिन नसकेको उनको गुनासो छ । उनले रु ५०० देखि एक हजार ५००सम्मका बाँसका विभिन्न सामग्री बनाउने गरेको उनका भनाइ छ । उन भन्छन्, ‘सामग्री बनाउन जति पनि सक्छु, राम्रो बजार भए म यही कारागारमा बसेरै महीनाको रु २५ भन्दा माथि कमाउन सक्थे ।’

कारागारका अन्य कैदीको समेत उही गुनासो छ । आफूहरुको दक्षता अनुसार आम्दानी भने गर्न सकेको छैन् । उनले बजार नपाएका कारण नै सामग्री बनाउन कम गर्नुभएको कारागारका सूचना अधिकारी विमल ढङ्गानाले बताएका छन् । ढुङ्गाना भन्छन्, ‘सरेनको सीप एकदम राम्रो छ । मैले बजारतिर यस्तो सामग्री कारागारका कैदीले बनाउँछन् भनेर जानकारी पनि दिएको छु । कसैले त्यति चासो दिएका छैनन् ।’

ढुङ्गानाले थपे, ‘सुरेनले यी सामग्रीले बजार पाउने हो भने महीनामा २० देखि २५ हजार कमाउन सक्छन् । बजारमा भएका एक÷दुईवटा पसलमा कुरा गरिदिएको छु । बिक्री गरिदिन सकारात्मक देखिएका छन् हेरौं के गर्छन् ।’ सरेन बाहेक अरु कैदीले पनि विभिन्न सामग्री निर्माण गर्छन् । कसैले ढाकाका सामग्रीहरु बनाउँछन् । कसैले मुडा मात्र बनाउँछन् । कसैले गुडिया बनाउँछन् । ढाकाका सामग्रीको राम्रै बिक्री भए पनि अन्य सामग्रीले त्यति बजार नपाएको कारागारका जेलर सुरेन्द्र मुखियाले बताए ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्