Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली नेपाल बन्दको घोषणा, यस्तो कडा चेतवानी सहित विज्ञप्ति जारी

 

काठमाडौ : विप्लव समुहले भोली फेरि नेपाल बन्द गर्ने जनाएको छ । विप्लव नेतृत्वको नेकपाले वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हो । एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका छन् ।

विप्लव समुहले नेपाल बन्दको जानकारी यो भन्दा पहिले नै दिएको थियो । नेकपा मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् ।

जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतामाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ ।

साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्