Logo
६ जेष्ठ २०८१, आईतबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएलमा लिग चरणका अन्तिम दुई खेलमा आज चेन्नई-पञ्जाब र कोलकाता-मुम्बई भिड्ने

एजेन्सी :  १२ औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) क्रिकेटमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा प्लेअफमा स्थान बनाइसकेको चेन्नई सुपर किङ्स र किङ्स-११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल पन्जाबको घरेलु मैदान आइएस बिन्द्रा स्टेडियममा अपरान्ह ४ बजे सुरु हुनेछ । चेन्नई पहिलो क्वालिफायर खेल्ने लक्ष्यसहित पन्जाबविरुद्ध जितको रणनीतिमा छ । बाहिरिएको पन्जाब घरेलु मैदानमा लिगचरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा छ ।

चेन्नई १३ खेलबाट १८ अंकसहित शिर्षस्थानमा छ । चेन्नईले आजको खेलमा जित निकाले पहिलो क्वालिफायर खेल्नेछ । पञ्जाब १० अंकसहित पुछारमा छ । आइपीएल अन्तर्गत आजै बेलुका अर्को खेलमा कोलकता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै प्लेअफ पुग्ने ४ टोलीको टुंगो लाग्नेछ ।

मुम्बईको घरेलु मैदानमा खेल राती ८ः१५ बजे सुरु हुनेछ । कोलकता प्लेअफमा स्थान बनाउने लक्ष्यमा रहँदा मुम्बई क्वालिफायरको लक्ष्यमा छ । कोलकता १३ खेलबाट १२ अंकसहित लिगतालिकाको पाँचौं स्थानमा छ । हैदराबाद समान अंक भएपनि रनरेटका आधारमा चौथो स्थानमा छ । मुम्बई १६ अंकसहित तेस्रो स्थानमा छ ।

प्लेअफमा पुग्न कोलकतालाई आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा मुम्बई विजयी भए हैदराबाद प्लेअफमा पुग्नेछ ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्