Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजियाे : सांसद सापकोटा

काठमाडौं : सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन ।

जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका हुन । नीति तथा कार्यक्रमबारे आइतबारको प्रतिनिधिसभाको छलफलमा सापकोटाले भने, राज्यव्यवस्थालाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ ।

उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याइयोस् । उनले संसदले शक्तिशाली आयोग गठन गर्नुपर्ने धारणा रखेका हुन । आयोगले जग्गालाई राज्यको मातहत ल्याएर नीति बनाएर बाँड्नुपर्ने धारणा रखेका थिए । नीति तथा कार्यक्रमको समर्थन गर्दै सापकोटाले कर्मचारी समायोजन, स्थानीय तथा प्रदेश सरकारबीच समन्वयको जटिल अवस्थाबाट आएको सरकारले नयाँ नीति तथा कार्यक्रम सही, वैज्ञानिक र वस्तुवादी ल्याएको बताए ।

नीति तथा कार्यक्रमको कार्यान्वयन चुनौतीपूर्ण रहेको सापकोटाको धारणा रहेको थियो । उनले भने, कार्यान्वयनमा चुनौती रहेको छ । यो नीति तथा कार्यक्रम बजेटद्वारा अभिव्यक्त भएन भने फगत भाषण मात्र हुन्छ । प्रवचन मात्रै हुन्छ । नेता सापकोटाले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि संरचनागत परिवर्तन हुनुपर्ने धारणा राखेका थिए ।

त्यसका लागि ठोस कदम चाल्नुपर्ने उनको सुझाव थियो । त्यस्तै, सामाजिक सुरक्षा भत्ता बढाउने कुरा र तातोपानी खुलाउने कुरा स्वागतयोग्य, सबै स्थानीय तहका केन्द्रमा कालोपत्रे सडक पुर्‍याउनेु कार्यक्रम राम्रा भएको उनको भनाइ थियो । सार्वजनिक खरिद ऐनमा परिवर्तन तथा सबै स्थानीय तहमा औद्योगिक ग्राम खोल्ने नीति तथा कार्यक्रम सही भएको पनि उनको भनाइ थियो । दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने उनको धारणा थियो । उनले भने, पात टिवपेर र हाँगा छिमलेर कुनै पनि विष वृक्षको निर्मुल गर्न सकिँदैन ।

प्रचवन दिएर र कशम खुवाएर भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनौँ । जनताले दुई तिहाई दिएर गलत गर्नेलाई फलामे हातले पछारुन् भनेर दिएका हुन । सापकोटाले सबै क्षेत्रमा भ्रष्टाचार बहुआयामिक रूपमा रहेको बताए । उनले भने, बहुआयामिक भ्रष्टाचार छ । कहाँ छ भनेर भनेर नसोध्नुस् कहाँ छैन भनेर सोध्नुस् । बालुवाटार, खुलामञ्च, पोखरा, जनकपुर हजारौँ ठाउँमा भ्रष्टाचार छ ।

कर्पोरेट शैलीमा जग्गा हडपिएको तथा एनसेलको कर छली मार्फत राज्यका सबै निकायमा प्रभाव पारेर गम्भीर षडयन्त्र भएको सापकोटाको भनाइ थियो। यस्ता मामिलामा सरकार लाचार भएको भन्दै दुःख व्यक्त गरे।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्