Logo
२ जेष्ठ २०८१, बुधबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कसले हान्यो थप्पड ?

नयाँ दिल्ली :  भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई शनिबार आयोजित एक रोड शोमा एक अज्ञात व्यक्तिले थप्पड हानेका छन् ।

केजरीवाल पश्चिम दिल्लीको मोतिनगर क्षेत्रमा पार्टीका उमेदवार बलबीर सिंह जाखडको साथमा प्रचारप्रसारमा थिए । रोड शोमा उनी एउटा खुला जीपमा सवार थिए । त्यही बेला टिशर्ट लगाएको एक व्यक्तिले जीपमा चढेर थप्पड हानेको बीबीसीले जनाएको छ ।

आम आदमी पार्टीले ट्विट गर्दै यो अरबिन्द केजरीवालप्रतिको हमला नभइ यो दिल्ली र यसको जनमतमाथिको हमला भएको जनाएको छ । दिल्लीबासीले १२ मेको दिन भाजपालाई यसको मुखतोड जवाफ दिने टिवट्मा चेतावनी दिइएको छ ।

केजरीवाल सरकारका मन्त्री मनिष सिसोदियाले ट्विट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले केजरीवालको हत्या गर्न चाहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्