Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो संसद बैठक हो कि क्याबिनेट ? सरकारले प्रष्ट पार्नुपर्छ : शरतसिंह भण्डारी

काठमाडौँ : राष्ट्रिय जनता पार्टीका अध्यक्ष शरत सिंह भण्डारीले संसद बैठकमा बस्दा क्याबिनेट बैठकमा बसेको अनुभूति भएको बताएका छन् ।

उनले दुई तिहाईको सरकारले राम्रो लेखनखास पनि नपाएको बताएका छन् । ‘सरकार गठन हुँदा म आशावादी पनि थिएँ । संविधान जारीपछिको पहिलो सरकारले संघीयता कार्यान्वयन गर्ला भन्ने सोचेको थिएँ ।

संसदमा बस्दा क्याबिनेट बैठकमा बसेको अनुभुति भयो । यो नियतवस हो कि अन्जानमा हो ? यसलाई सरकारले प्रष्ट पार्नुपर्छ’, नेता भण्डारीले भने, ‘हामी कता जाँदै छौँ ? दुई तिहाईको सरकारले राम्रो लेखनदास पनि पाएन ।

नीति कार्यक्रमले कन्फुजन पैदा गरेको छ । संविधान सर्वस्वीकार्य भयो रे, तर हामीले बारम्बार भनिरहेका छौं, संविधान अपूर्ण छ भनेर ।’

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्