Logo
६ जेष्ठ २०८१, आईतबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजील्याण्डकी प्रधानमन्त्री जकिन्दा आर्डेनले गरिन् ‘इन्गेजमेन्ट’

न्यूजील्याण्ड :  न्यूजील्याण्डका प्रधानमन्त्री जकिन्दा आर्डेनले आफ्ना लिभ इन पार्टनर क्लार्क गेफोर्डसँग विवाहका लागि इन्गेजमेन्ट गरेकी छन् । प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले सो कुराको पुष्टि गरेका छन् ।

अर्डेनले गएको शुक्रबार एउटा कार्यक्रममा आफ्नो बायाँ हातको औंलोमा हिराको औंठी पहिरिएको देखेपछि धेरैले यो कुराको अनुमान गरेका थिए । उनीहरुबीच इस्टरको अवसरमा विवाह भएको बताइएको छ ।

उनका पति गेफोर्ड पेशाले टीभी प्रेजेन्टर हुन् । दुवै जना लामो समयदेखि सम्बन्धमा रहेका थिए । उनीहरुले विवाह नगरेको भएपनि साथमा रहँदै आएका थिए । उनीहरुको एक वर्षकी छोरी पनि छ । जाकिन्दा पाकिस्तानका प्रधानमन्त्री बेनजिर भुट्टोपछि पदमा भएकै बेलामा बच्चा पाउने विश्वकै दोस्रो प्रधानमन्त्री हुन् ।

उनलाई गएको जनवरीमा बीबीसीले विवाहको लागि गेफोर्डलाई प्रस्ताव नराख्ने भन्ने प्रश्नमा गेफोर्डले आफूलाई नै प्रस्ताव राख्ने पर्खाइमा रहेको बताएकी थिइन् । (बीबीसीबाट)

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्