Logo
१२ श्रावण २०८१, शनिबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीति तथा कार्यक्रममाथि कांग्रेस र राजपाको संशोधन प्रस्ताव दर्ता

काठमाडौं : सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संघीय संसद्‍मा सरकारको तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग भएको मेरो सरकारु शब्द संशोधन हुनुपर्नेलगायत ४ बुँदामा कांग्रेसका तर्फबाट २३ जना सांसदले संशोधन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा दर्ता गराइएको संशोधनमा नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारमाथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने काम भएको तथा आवश्यक नीतिगत प्रस्‍टतासहित विकास र समृद्धिको आकांक्षा पूरा गर्नसक्ने कार्यक्रम नआएकाले नीति तथा कार्यक्रममा संशोधन हुनुपर्ने उल्लेख छ ।

कांग्रेसले गरेको संशोधन प्रस्तावमा मेरो सरकार भन्ने शब्दावली सच्याएर नेपाल सरकार बनाउनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टीले पनि विभिन्न ५ बुँदामा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्