Logo
१२ श्रावण २०८१, शनिबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम र नयाँ शक्तिबीच एकिकरणको सहमति (विज्ञप्तिसहित)

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । सहमतिपत्रमा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने छ, सहमति पत्रमा उल्लेख छ ।

आउँदो वैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकता घोषणा गरिने भएको छ । नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष यादव दोस्रो वरीयतामा रहनेछन् । भट्टराई र यादवले राष्ट्रिय जनता पार्टी नेपालसँग पनि पार्टी एकीकरणका लागि छलफल तीव्र पारेका छन् ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्