Logo
३० चैत्र २०८०, शुक्रबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६१ लाख बुझाएर नेपाल फर्किए कैदी जीवन बिताई रहेका खड्क बहादुर

युएई : हत्याको आरोपमा बिगत पाँच वर्ष देखि युएईको आबुधावी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप-२ तेह्रथुमका खड्क बहादुर जोगी नेपाल फर्किएका छन् । युएईको अदालतको फैसला अनुसार मृतकका परिवारलाई २ लाख दिराम अर्थात् करिब ६१ लाख रुपैयाँँ क्षतिपूर्ति बापत ब्लडमनि (दिया रकम) बुझाए सगै कानुनी प्रक्रिया पूरा गरि उनी गत बिहिवार नेपाल फर्किएका नेपाली दूतावास आबुधावी द्दितिय सचिब बिष्णु कुमारी अधिकारीले बताएकी छन् ।

जोगीले अदालतको फैसला अनुसार पिडित परिवारलाई बुझाउनु पर्ने २ लाख दिराम अर्थात् करिब ६१ लाख रुपैयाँ ब्लडमनि(दिया रकम) गत अप्रिलमा दूतावास आबुधावी मार्फत अदालतमा बुझाएका थिए। उनलाई गत हप्ता देखि आबुधावीको डिपोर्टेसन सेन्टरमा राखिएको थियो।आवश्यक ट्राभल डकुमेन्ट अर्थात् (यात्रा अनुमति पत्र) गत आइतबार नै दूतावास आबुधावीमार्फत सम्बन्धित निकायलाई बुझाइएको थियो।

आबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको साथीलाई बचाउन खोज्दा फसेको उनको परिवारहरूले बताउदै आएका थिए । सन् २०१४ मे ६ मा जोगी चढेको गाडीबाट आफ्नै सहकर्मी फिलिपिनो नागरिक अचानक खसेको र निजलाई उद्दार गरि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको परिवारको भनाई छ। सहकर्मीको निधनलगतै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए ।

तर जोगीलाई युएईको अदालतले हत्याको गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब ९६१ लाख रुपैयाँ० मृतक फिलिपिनो नागरिकको परिवारलाई ब्लडमनि ९दिया रकम०बुझाउनु पर्नै फैसला सुनाएको थियो । उनको उद्दारको लागि देब बास्कोटाको नेतृत्वमा विभिन्न मुलुकाका दाताहरु मार्फत ६१ लाख ९४ हजार रुपैया संकलन गरिएको थियो । उत्त रकम गत मार्चमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको उपस्थिति र यूएईका लागि नवनियुक्त्त राजदुत कृष्णप्रसाद ढकाल, नियोग उप(प्रमुख सागरप्रसाद फुयाँललाई मार्फत परराष्ट्र मन्त्रालयमा बुझाइएको थियो ।

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्