Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंलाई भारत र चीन दुबैतर्फको रेल मार्गले जोड्न निर्माण कार्य सुरु गरिने

नेपालीको आफ्नै पानी जहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने भएको छ ।  सरकारको नीति तथा कार्यक्रममा नेपालीको आफ्नै पानी जहाज चढ्ने इच्छा पुरा हुने गरी सरकारले तीव्र गतिमा काम गरेको उल्लेख छ । त्यस्तै सरकारले जग्गा प्राप्ति प्रक्रिया सहज बनाइने भएको छ ।

कोशी र कर्णाली करिडोरको ट्याक खोल्ने काम आगामी वर्ष सकिने ४ वर्षभित्र मध्यपहाडी लोकमार्ग सम्पन्न हुने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । ४ बर्षमा फास्ट ट्रयाक र हुलाकी राजमार्ग निर्माण सकिने सरकारले जनाएको छ । सिक्टा आयोजनाको सबै काम ४ वर्षभित्र सकिने आगामी आर्थिक वर्षभित्र मेलम्ची आयोजना पूरा गर्ने सरकारले जनाएको छ । पोखरा विमानस्थल २०२१ देखि सञ्चालन गरिने ।

नेपालीको आफ्नै पानीजहाजमा यात्रा गर्ने इच्छा छिट्टै पुरा हुने आगामी वर्षभित्र विराटनगरसम्म रेल सञ्चालन गरिनेछ । काठमाडौंलाई भारत र चीन दुबैतर्फको रेल मार्गले जोड्न २ वर्षभित्र निर्माण कार्य सुरु गरिनेछ । सामाजिक सुरुक्षा भत्ता वृद्धि गरिनेछ ।संघ प्रदेश र स्थानीय तहबीचको सम्बन्ध र सहकार्यलाई व्यवस्थित गरिनेछ । अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदलाई सुदृढ र सरकार बनाइनेछ । समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको छ ।

सरकारका कारण जनतामा उत्साह आएको छ । पछिल्लो दुई वर्ष ६ प्रतिशत र चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर सात प्रतिशत रहेका कारण सरकारले निकट भविस्यमै दोहोरो अंकको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्नेछ । त्यस्तै, राष्ट्रिय राजमार्गमा आपत्तकालिन विमान अवतरण गर्ने व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्