Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम (मुख्य बुँदासहित)

काठमाडौं : सरकारले आगामी वर्षलाई इतिहासकै तीव्र विकासको वर्ष हुने लक्ष्य लिएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको ९२०७६र०७७० लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै तीब्र विकासको नीति लिएको बताइन् । ठुला आयोजनामा लगानी आव्हान गर्नेदेखि ५ लाखलाई थप रोजगार दिनेसम्म सरकारको नीति छ ।

आगामी अर्थिक वर्षभित्रै माथिल्लो तामाकोशीको सम्पूर्ण काम सकेर सञ्चालनमा ल्याइने र मेलम्ची खानेपानी आयोजना पनि सम्पन्न गर्ने सरकारको नीति लिएको छ ।

 नीति तथा कार्यक्रम (मुख्य-मुख्य बुँदासहित) 
-आगामी आथिक बर्ष इतिहासकै तीव्र विकासको बर्ष हुनेछ ।
-मानवीय क्षेत्र विकास, रोजगार सृजना, असमानताको अन्त्य र विधिको शासनको प्रत्याभूतिलाई केन्द्रमा राखिएको छ ।
-प्रदेशहरुको सम्भावनाका आधारमा विशिष्ट विकास नीति कार्याक्रमको अवधारणा ल्याइने ।
-क्षेत्रगत कार्यक्रमलाई दीगो विकासको लक्ष्यसँग आवद्ध गरिनेछ ।
-२०२१ सम्म देश उच्च आय भएको हुनेछ ।
-आगामी चारवर्ष भित्र दोहोरो अंककमो आर्थिक बृद्धिदर हासिल गरिनेछ ।
-राष्ट्रिय बचत क्षमता बढाइनेछ ।
-ठुला आयोजनामा नागरिकाको लगानी लगाइनेछ ।
-अधुरो राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गरि सञ्चालनमा ल्याइनेछ ।

-आगामी वर्ष ५ लाखलाई थप रोजगार दिने ।
-कर भुक्तानी लागत घटाइने ।
-आगामी जेठ १ गतेदेखि एकल बिन्दु सेवा स्थापना गरिने ।
-उत्कृष्ट उत्पादनको नीति लिइने ।
-आगामी १ वर्षमा सातै प्रदेशमा औद्योगीक क्षेत्र निर्माण गरिने ।
-आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।
-कोशी र कर्णाली कोरिडोरको सबै ट्रयाक खोल्ने कार्य आगामी वर्षबाट सुरु गरिनेछ ।
-राजमार्गका विभिन्न स्थानमा आपतकालिन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिनेछ ।
-सामुदायिक, सहकारी र करार खेतीमा युवालाई प्रोत्साहन गरिनेछ ।

-खाद्यवस्तुको उत्पादनमा तीव्र बृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाइनेछ ।
-सिञ्चित कृषि क्षेत्रको वृद्धि मुलुकको समृद्धि ।
-लिफ्ट सिञ्चाइ प्रणाली विस्तार गरिनेछ । मधेस तथा तराईका कृषियोग्य भूमिमा सौर्य सिचाईं योजना सञ्चालन गरिनेछ ।
-सरकारको जनताको सुख दुखमा साथ दिने गरी शशक्त हुनेछ ।
-दोहोरो अंकको आर्थिक बृद्धिदर भएको छ । २७ प्रतिशतले बचत बृद्धि भएको छ । अनावश्यक खर्चमा कटौती गरी मितव्ययीता कायम गरिएको छ । विकास हामै पालामा सम्भव छ भन्ने विश्वास बढ्दै गएको छ । एक बर्षको अवधिमा १ हजार ६ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । रेलमार्ग निर्माणको लागि प्राविधिक अध्ययन सम्पन्न भएको छ ।
-२८७ मेगावाट विजुली यस वर्षको अत्न्यसम्म हुनेछ । सम्पूर्ण सुभनालाई डिजिटल नेटवर्कमा आवद्ध गर्ने गरी फ्रेमवर्क तयार भएको छ ।
-स्वदशेभित्रै रोजगारीको लागि सवै स्थानीय तहमा रोजगारी सुचना केन्द्र स्थापना गरिएको छ ।
-ज्येष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको छ । राष्ट्रिय सुरक्षा नीति
वित्तय अप।ाधमा संलग्नालाई कानुनी दायरामा ल्याइएको छ ।
-हरेक दिन एक कदम अगाडी बढ्ने सरकारको नीतिका कारण जनतामा उत्साह सृजना भएको छ । समृद्धिको आधार वर्ष बनाउन सरकार सफल भएको छ ।
-जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने । लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र ९एकद्वार निकाय० बल्ल गठन भएको छ।
-ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न।
-आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने ।
उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ।
-उनले पर्यटक आगमनमा ३३ प्रतिशतले वृद्धि भएको बताइन् ।
-२०१९ भित्रै भैरहवा स्थित निर्माणाधीन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने छ ।
-आगामी आर्थिक वर्षमा सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना थालिने छ ।
-आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायिक उत्पादन सुरु गरिने छ ।
-सिमेन्टलाई प्रमुख निर्यात योग्य बस्तुको रुपमा उत्पादन बढाइने छ । रात्रिकालिन काठमाडौं सम्पदा यात्रा थालनी गरिने छ।
-राजमार्गका विभिन्न स्थानमा आपतकालीन हवाइ अवतरणका लागि आपतकालीन धावनमार्गको रुपमा विकास गरिने छ ।
-बारीका पाटा र खेतका गरा हुन्छन् हराभरा ।
-नारायणी लिफ्ट सिचाइ परियोजनालाई पुनः सञ्चालनमा ल्याइने छ।
-आगामी आर्थिक वर्षलाई वृक्षारोपण गरी वृक्षारोपण गरिने छ । सहकारीको –नेतृत्वमा कृषि उत्पादन प्रशोधन र बजारीकरण गरिने छ।
– सामाजिक सुरक्षा भत्ता बढाइने छ ।
-आगामी चार वर्ष्भित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने छ ।
-सबै स्थानीय तह र सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट र्पुयाइनेछ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्