Logo
६ जेष्ठ २०८१, आईतबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईसीसी विश्व बरियतामा नेपाल पहिलो पटक ११औं स्थानमा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मे ३ (आज) देखि जारी हुने गरी सार्वजनिक गरेको टी-२० विश्व बरियतामा नेपालले तीन स्थान सुधार गर्दै नेपाल पहिलो पटक ११औं स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल १४औं स्थानमा थियो । नेपालले २१२ पोइन्ट पाएको छ । नेपालभन्दा पछि दुई टेष्ट नेशन राष्ट्र छन् । जिम्बाब्वे १३औं स्थानमा कायम रहँदा अर्को टेष्ट नेशन राष्ट्र आयरल्यान्ड टी-२० क्रिकेटको विश्व बरियतामा १५औं स्थानमा छ ।

टी-२० बरियतामा पाकिस्तान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा भने दक्षिण अफ्रिका, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौमा भारत रहेका छन् ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्