Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबारदेखि शनिबारसम्म पूर्वीहिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत

काठमाडौं : ठूलो हिमपातको सम्भावना भएकोले सरकारले पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन भनेको छ ।

पूर्वी हिमाली क्षेत्रमा हिमपातको सम्भावना भएकोले आज (शुक्रबार)देखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली ‘फानी’ को प्रभावले नेपालको पूर्वी क्षेत्रमा ठूलो हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्रले हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

केन्द्रले सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा रहेका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा रहन भनेको छ । हालसम्म ‘फानी’ नै नेपालमा आउने सम्भावना नभए पनि यसको प्रभावले नेपालका केही ठाउँमा हावाहुरीसहित ठूलो वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका छन् ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्