Logo
१२ श्रावण २०८१, शनिबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुमा कार दुर्घटना, १ को मृत्यु १ घाईते

बुटवल : कपिलवस्तुको शिवराज नगरपालिकास्थित कैला खेलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको घोराहीबाट कपिलवस्तुको चन्द्रौटा जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार सडकबाट ६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्य रहेको पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय प्रहरी बुटवलले जनाएको छ ।

कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्