Logo
२ जेष्ठ २०८१, बुधबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पहिलोपटक बर्डफ्लूबाट गयो एक व्यक्तिको ज्यान

एजेन्सी :  नेपालमा बर्डफ्लूका कारण पहिलो पटक एक जना युवाको मृत्यु भएको छ । काभ्रे घर भएका २१ वर्षे युवकको बर्डफ्लूका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । युवकको नाम खुलाइएको छैन ।

बर्डफ्लू (एचफाइभएनवान) नेपालमा मान्छेमा पहिलो पटक देखिएको हो । काभ्रेका ती युवक चैतमा रुघाखोकी तथा लगातार ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल पुगेका थिए । टेकुमा उनको र्याल परीक्षणका लागि लगिएको थियो ।

१० चैतमा उपचारका लागि अस्पताल पुगेका युवकको भने १५ चैतमा नै मृत्यु भइसकेको थियो । टेकुको प्रयोगशालाले उनको र्यालमा भएको भाइरस पत्ता लगाउन नसकेपछि त्यसको स्याम्पल परीक्षणका लागि जापान पठाइएको थियो ।

जापानबाट प्राप्त रिपोर्टमा उनलाई बर्डफ्लू भएको प्रमाणित भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्  । पछिल्ला केही महिनायता नेपालका विभिन्न ठाउँमा बर्डफ्लू देखिएको भन्दै हजारौँ कुखुरा नष्ट गरिएका छन् ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्