Logo
४ जेष्ठ २०८२, शनिबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैठकको जानकारी चुहाएको भन्दै ब्रिटेनका रक्षामन्त्री विलियमसन बर्खास्त

बीबीसी

ब्रिटेनका रक्षामन्त्री गेविन विलियमसनलाई बर्खास्त गरिएको छ ।

उनीमाथि यो कारवाही राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को उच्च स्तरीय बैठकको जानकारी लिक भएको मामलामा भएको अनुसन्धानको आधारमा गरिएको हो । उनी सन् २०१७ देखि रक्षामन्त्री थिए ।

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेको कार्यालयले जारी गरेको बयान अनुसार प्रधानमन्त्रीले ‘उनको क्षमतामा विश्वास गुमाएकी छिन्’ र पेनी मोरडन्टले उनको पद सम्हाल्नेछन् । प्रधानमन्त्रीका अनुसार २३ अप्रिलमा आयोजित बैठकको जानकारी चुहिनु ‘निकै गम्भीर मामला हो र यो एउटा निराश बनाउने कुरा हो ।’

बैठकको जानकारी चुहाएको मामलाको अनुसन्धान ब्रिटेनमा फाइभजी नेटवर्क तयार गर्न ह्वावे लिमिटेडलाई भूमिका दिने योजनाबारे रिपोर्ट सार्वजनिक भएपछि गरिएको थियो । विलियमसनले जानकारी चुहाएको कुरा अस्विकार गरेका छन् ।

प्रधानमन्त्री टेरिजा मेको बुधबार विलियमसनसँग बैठक भएको थियो । यतिबेला प्रधानमन्त्रीले उनैले ९विलियमसन० अनधिकृत तरिकाले जानकारी दिएको सूचना आफूसँग भएको बताएकी छिन् ।

 

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्