Logo
४ जेष्ठ २०८२, शनिबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दौरा सुरुवाललाई परिमार्जित गरेर राष्ट्रिय पोशाक बनाउने अभियानमा अध्यक्ष दाहाल गम्भिर

काठमाडौँ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय पोशाक हुनुपर्छ भन्ने कुरामा आफु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानको ज्ञापनपत्र बुझ्दै प्रचण्डले दौरा सुरुवाललाई नै अलिकति परिमार्जित गरेर राष्ट्रिय पोशाक बनाइयोस् भनेर जारी अभियान सकारात्मक भएको भन्दै त्यसबारे आफु गम्भिर रहेको बताएका हुन् ।

‘‘सबै नेपालीहरुलाई स्वीकार्य हुने गरि के कस्तो बनाउन र राख्नुपर्छ भन्ने कुरामा म आफै पनि गम्भीर रहेको छु । हाम्रो पार्टीभित्र पनि बेला–बेलामा व्यापक रुपमा राष्ट्रिय पोसाक दौरासुरुवाल नै हुनुपर्छ भन्ने कुरामा छलफल हुन्छ । धेरैले अध्यक्षले पनि दौरा-सुरुवाल, टोपी लगाउनु पर्यो भन्नुहुन्छ । मलाई त्यसमा केही आपत्ति छैन’ प्रचण्डले भने, ‘म जुन आन्दोलन र पृष्ठभुमिबाट आएँ, मधेसी जनजाती थारु मुस्लिमका हकअधिकार पहिचान र भेषभुषाका निम्ति लडेको हुनाले म सबैको साझा हुनुपर्छ जस्तो लाग्छ । यो विषय अलिकति सम्वेदनशील पनि छ । तपाईहरुलाई थाहा नै छ म सँधै भादगाउँले टोपी लगाउने गरेको छु । यसले पनि नेपाली राष्ट्रियता झल्काउँछ ।’

प्रचण्डले आफु प्रधानमन्त्री हुँदा र सपथ लिँदा भादगाउँले टोपी लगाएको भन्दै दौरा सुरुवाल प्रति आफ्नोे सम्मान रहेको बताए । ‘हाम्रो सान, हाम्रो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मुल नारा सहित राष्ट्रिय पोशाक दौरा-सुरुवाल, टोपी र गुन्यूचोलो हुनुपर्छ भन्दै राष्ट्रिय पोशाक संरक्षण महाअभियान नामक संस्थाले अभियान चलाउँदै आएको छ ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्