Logo
२९ असार २०८२, आईतबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा कोही नभएका बेला धनुषामा १४ वर्षीया बालिकाको बलात्कार, ३३ वर्षीय साह पक्राउ

जनकपुरधाम : धनुषामा एक १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ की एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार दिउँसो करिब १२ बजे नै बलात्कारको घटना भएपनि भोलिपल्ट सोमबार मात्र परिवारले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

पीडक साहले घरमा कोही पनि नभएको मौका छोपी घर भित्र पसेर बालिका बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमीर दाहालले जानकारी दिए ।

पीडित बालिकालाई उपचार र परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ भने पीडक साहमाथि जबरजस्ती करणी मुद्दा चलाउने तयारी गरिएको निरीक्षक दाहालले बताउनुभयो ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्