Logo
६ जेष्ठ २०८१, आईतबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु मैदानमा बैंगलोर र राजस्थानको कडा टक्कर

एजेन्सी :   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । मंगलबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई आतित्थ्यता प्रदान गर्दै छ ।

दुबै टोलीबीचको खेल नेपाली समयअनुशार बेलुका ८ः१५ मा सुरु हुनेछ । बैंगलोरलाई हराउँदै राजस्थान प्ले अफमा आफ्नो सम्भावना जीवित राख्ने योजनामा हुनेछ ।

यता अंक गणितिय हिसावले प्लेअफमा झिनो सम्भावना जीवित राखेको बैंगलोर राजस्थानलाई घरेलु मैदानमा हाराउने योजनामा हुनेछ । एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ ।

१२ खेल खेलेको राजस्थान १० अंक सहित अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता समान १० खेल खेलेको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्