Logo
२० बैशाख २०८१, बिहीबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ अर्ब भन्दा बढीको कारोबार भएपनि नेप्से परिसूचकमा भने गिरावट

काठमाडौं : सेयर बजारमा आज १ अर्ब भन्दा बढीको कारोबार भएपनि नेप्से परिसूचकमा गिरावट आएको छ । बजार ४.२१ अंकले घटेको छ । सोमबारको कारोबारमा १७४ कम्पनी सामेल भएका छन् । बजार १३१०.३१ बिन्दुमा अडिएको छ ।

यसदिन निर्जिबन बिमा तर्फ १०२.४३ अंकको गिरावट आएको छ भने दोस्रोमा विकास बैंकको १४.३६ अंकको गिरावट आएको छ । बैंकिङ समुह, जलविद्युत, फाइनान्स र माइक्रोफाइनान्स समुह घटेको छ ।

यता, जीवन बिमा तर्फ भने १३०.७२ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन तर्फ ९.७३ अंकले बढेको छ भने ट्रेडिङ, होटल र अन्य समुहमा पनि बढोत्तरी भएको छ ।

आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको कारोबार भएको छ । यसको १४ करोड ६९ लाख ८२ हजार ४ सय ८८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंकरहेको छ । नेपाल बैंकको ११ करोड २९ लाख बराबरको सेयर कारोकार भएको हो ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्