Logo
४ आश्विन २०८१, शुक्रबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ओभर टाइम’ले लियो २७२ जनाको ज्यान, सरकारद्वारा राहतको घोषणा

इन्डोनेसिया :  दक्षिण पूर्वी देश इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेको बीबीसीले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोले भनेका छन्- लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परे र २७२ जनाको मृत्यु भयो । उनका अनुसार, ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेका थिए । उनीहरुले चर्को गर्मीमा रातभर काम गरेका थिए ।

इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए । यही १७ अप्रिलमा भएको निर्वाचनमा ८ लाख मतदान केन्द्र तोकिएको थियो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धेरै संख्यामा कर्मचारीहरु परिचालन गरिएको थियो । तर, उनीहरुको स्वास्थ्य जाँच गराइएको थिएन ।

निर्वाचन आयोगका प्रवक्ता भन्छन्- त्यसै कारण २७२ जना ओभर टाइमको बिरामीले मरे । यो निकै दुःखद् घटना हो । यस्तो होला भन्ने कल्पना पनि गरिएको थिएन । निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरको दरले राहत दिने जनाएको छ ।

निर्वाचन परिणामपछि सुरुमा जोको विडोडो र विपक्षी नेता प्राबाओ सुबियान्तोले आ-आफ्नो जित भएको दाबी गरेका थिए । तर, निर्वाचन आयोगले जोको विडोडो नै राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको छ ।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्