Logo
५ जेष्ठ २०८१, शनिबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतले भन्यो : विवाहको नाटक रचेर गरिएको यौनसम्पर्क पनि बलात्कार हो

काठमाडौं : पछिल्लो समय विवाह भन्दा पहिले यौन सम्बन्धमा वस्ने कुरा सामान्यजस्तै भएको छ । दुई जनाको सहमतिमा लिभिङ रिलेशनमा वस्नेहरुको संख्या बढ्दै जान थालेको छ ।

तर, यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ ।

भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले यस्तो फैसला दिएको हो । ती अभियुक्त डाक्टरले ‘विवाह गर्छु’ भन्दै एकजना महिलासँग सहमतिमा यौन सम्पर्क गरेका थिए ।

तर पछि उनले अर्कै महिलासँग विवाह गरेपछि उनीविरुद्ध पहिलो महिलाले मुद्दा दायर गरेकी थिइन् । उनलाई अदालतले बलात्कारी संज्ञा दिदैं सजाय सुनाएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्