Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संविधानमै नभएको व्यवस्था प्रदेशले कसरी नियुक्त गर्छ’ : गृहमन्त्री थापा

जनकपुरधाम : शुक्रबारदेखि शुरु भएको दुई दिने सुरक्षा समिति गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ सरकारले संविधानमै नभएको व्यवस्था नियुक्त गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरधाम आएका गृहमन्त्री थापाले शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रदेशले आफ्नै सिडिओ राख्ने व्यवस्था संविधानमै नभएको बताउँद प्रदेश २ ले संविधानमै नभएको व्यवस्था नियुक्त गर्न खोजेको आरोप लगाए ।

प्रदेश २ सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले संविधानै अनुसार आफ्नै सिडिओ राख्ने विधेयक तयार पारिएको बताइरहेका बेला जनकपुरमै आएका गृहमन्त्रीले यसको संविधानमै व्यवस्था नभएको बताए ।

पत्रकारहरुले राखेको जिज्ञासाबारे बोल्दै मन्त्री थापाले भने, ‘सविधानमै यस्तो व्यवस्था छैन’ प्रदेशले कसरी नियुक्त गर्छ रु’ “संविधानअनुसार काम हुनुपर्‍यो ।” थापाले प्रमुख जिल्ला अधिकारी संघीय सरकारको प्रतिनिधि हुने भन्दै उनको दोहोरो भूमिका हुने बताए । प्रदेश सरकारले आफ्नै समानान्तर अधिकारी राख्न नपाउने थापाले बताए ।

यद्यपि उनले प्रदेश प्रहरी प्रमुख र मातहतका सबै प्रहरी अधिकारी प्रदेश सरकारकै मातहतमा रहने बताए । ‘प्रदेशको सुशासन र शान्ति सुरक्षाको अधिकार संघीय सरकारले खोसेको छैन’ उनले भने, “प्रदेशको आफ्नो छुट्टै प्रदेश प्रहरी हुने र एसपीदेखि तल सबै सुरक्षा व्यवस्था प्रदेश सरकारकै मातहतै रहनेछ ।” गृहमन्त्री थापाले ०५४ सालमा वितरण गरिएको नागरिकता खारेज हुने आशय समेत प्रकट गरे । ०५४ सालमा ३४ हजार ९० जनाको नागरिकता प्रचलनमा नल्याउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई सरकारले सम्मान गरेको उनले बताए ।

उनले अपराधिक गतिविधि गर्ने सबैलाई मूलधारमा ल्याउने काम तिव्र गतिमा भइरहेको बताउँदै देशमा सुशासन र शान्ति सुरक्षाले एक वर्षभित्र महत्वपूर्ण उपलब्धी हासिल गरेको दाबी गरे ।

कुनै पनि हिंसात्मक र अपराधिक गतिविधि गर्ने समूहलाई मूलधारमा ल्याउन वार्ता र कारवाही सहितको नियन्त्रणमा लिने दुई विकल्प रहेको भन्दै उनले विप्लप समूहलाई वार्तामा आउन पटक-पटक आग्रह गरिरहेको र नमानेमा राज्य आफ्नै तरिकाले अघि बढने चेतावनी दिए ।

 

प्रकाशित मिति: Apr 27, 2019

प्रतिक्रिया दिनुहोस्