Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौरको कलाकुञ्ज पुस्तकालय अगाडि शंकास्पद वस्तु फेला

रौतहट : गौर नगरपालिका-५ मा शनिबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।

नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो । शंकास्पद वस्तु बम भएको आशंका गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले बमको आशंकामा उक्त वस्तुलाई घेरा हालेर राखेको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले सेनालाई खबर गरेको छ ।

प्रकाशित मिति: Apr 27, 2019

प्रतिक्रिया दिनुहोस्