Logo
५ जेष्ठ २०८१, शनिबार
(April 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा स्तरीय सुरक्षा बैठक : सीमा सुरक्षा प्राथमिकतामा

जनकपुरधाम : नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरूप प्रदेश २ मा प्रदेश स्तरीय सीमा सुरक्षा बैठक जनकपुरधाममा जारी छ। गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. इन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित आठ जिल्ला सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको गोष्ठीमा सीमा सुरक्षालाई मुख्य प्राथमिकतामा राखिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय-प्रहरी कार्यक्रम अभियानको रूपमा आएको र राम्रो सन्देश दिन खोजेको चर्चा गर्दै सबै सरोकारवाला निकायहरुसंग साझेदारी गर्दै यसलाई अझै सशक्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै प्रदेश २ मा देशकै लाइफलाइनको रूपमा रहेकोले राजमार्ग बन्द जस्ता अवाञ्छित गैरकानुनी क्रियाकलाप हुन नदिनेतर्फ तथा संगठित अपराध र चोरी तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्ने प्रहरी महानिरीक्षक खनालले धारणा राखे ।

सीमाक्षेत्रबाट भित्रिने अवैध हातहतियार तथा खरखजाना, लागू औषध ओसारपसार, मानव बेचबिखन, तस्करी जस्ता गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए । गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले आआफ्नो विभागको तर्फबाट प्रस्तुति दिए। साथै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी, सहसचिव इन्दु घिमिरे लगायतले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रमसम्बन्धी प्रस्तुति दिए ।

गोष्ठीमा प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायत विषयमा छलफल गरिएको थियो । गोष्ठीमा प्रदेश २ का प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, प्रदेश अन्तर्गत आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेकाे छ।

प्रकाशित मिति: Apr 27, 2019

प्रतिक्रिया दिनुहोस्