Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसनको रुपमा सानो ब्रा लगाउँदा महिलाको स्वास्थ्यमा यस्तो समस्या

काठमाडौँ : ब्रा महिलाले लगाउने महत्वपूर्ण भित्री वस्त्र हो। तर पछिल्लो समय कतिपय युवतीले आफूलाई आकर्षक देखाउन ब्रालाई फेसनको रुपमा प्रयोग गर्न थालेका छन्। उनीहरुले आफूलाई राम्रो देखाउन कसिलो ब्रा लगाउने गरेको छन्।

आफ्नो साइजको भन्दा सानो ब्रा लगाउँदा काँध दुख्ने, गर्धन दुख्ने जस्ता समस्याहरु देखिनुका साथै लामो समयसम्म कसिलो ब्रा लगाउँदा छातीमा रगत सञ्चालनमा समस्या हुनुका साथै टाउको र गर्धनमा रक्त प्रवाह रोकिँदा टाउकोमा समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन्।

कसिलाे ब्राको प्रयोगबाट काँधमा गहिरो दाग बसी त्यसबाट दादको संक्रमण हुने, पोल्ने जस्ता छालाको समस्या समेत हुन सक्ने चिकित्सकहरुको भनाई छ। साथै राति सुत्दा ब्रा लगाउन नहुने उनीहरुको सुझाव छ।

स्तनलाई उचित आकारमा सजाउने ८ तरिका
तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतद (बानी) ले तपाईको स्तनको स्वास्थमा गम्भीर असर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ्य र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छ ।

तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतद (बानी) ले तपाईको स्तनको स्वास्थमा गम्भीर असर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ्य र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छ ।

लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस : 

लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक अध्ययन अनुसार स्तनलाई म्याट्रिसमा केही घन्टा दबायर राख्दा तपाईको स्तनहरुको लिगामेन्ट्स अर्थात कोषिका र नशाहरु तन्किन्छन जसले गर्दा तपाईको स्तन भद्दा देखिन्छ । त्यसैले घोप्टे परेर वा स्तनलाइ थिचेर सुत्ने बानी छ भने आजैदेखि छाडिदिनुहोला ।

पुराना ब्रा फालिदिनुहोस :

बारम्बार धोएपछि तपाईको ब्रा मा राखिएको रबर धोल्लिएको हुन्छ । धोल्लिएको ब्रा लगाउनु भन्दा नलगाउदा नै उपर्युक्त हुन्छ । हेल्थ नामक एक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार धोल्लो ब्रा लगाउदा स्तन, घाँटी, र काँधमा पीडा हुन्छ । तसर्थ तपाईले लगाएको ब्रा धोल्लिएको छ भने अब मिल्काइदिए नै स्वास्थ्यका लागि राम्रो हुन्छ ।

रौ नफाल्नुहोस :

कसैको स्तनको मुन्टोमा रौं पलाएको हुन्छ जसका कारण महिलाले स्तनको रौं खुर्कन्छन् । संक्रमणको सम्भावना भएकोले यस सम्बेदनशिल अंगमा ब्लेड लगाएका धारिला सामाग्री प्रयोग नगर्न जर्नल अफ फिजिकल एक्टीभिटी एन्ड हेल्थले सुझाब दिएको छ ।

फिट नहुने ब्रा नलगाउनुहोस :

आफूलाई नमिल्ने ब्रा कहिल्यै पनि नलगाउनुहोस । निकै सानो वा ठूलो ब्रा लगाउदा तपाईको स्तनलाई असर गर्छ । ब्रा निकै कसिलो छ भने पनि यसले स्तनमा दीर्धकालिन असर गर्छ । माथिको चित्रमा कस्तो ब्रा तपाइलाइ फिट हुन्छ भनेर देखाइएको छ । ब्रा किन्नुअगाडी यस चित्रलाई राम्रोसँग अध्ययन गर्नुहोस् त ।

स्तन वरपर नछेड्नुहोस : 

कतिपय महिलाले स्तनमा टाटु खोपेर वा स्तन छेडेर आफ्नो स्तनप्रति अरुको आकर्षण बढाउन चाहन्छन् । स्तनमा टाटु खोप्दा संक्रमण, व्लिड्रि, नसामा नै अशर गर्ने लगायत विभिन्न एलर्जी हुने गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल डर्मेटोलोजीमा प्रकाशित एक अध्ययन अनुसार निपलमा छेड्दा हेपटाइटिस बी र सीको संक्रमण हुन्छ ।

निप्पल नतान्नहुोस :

गर्भ अवस्थामा उल्टो निप्पल भएमा महिलाले बच्चा जन्मेपछि आफ्नो निप्पल तानेर ठीक अवस्थामा राख्न चाहन्छन्। जर्नल क्लिनिकल ल्याक्टेसियनमा प्रकाशित एक अध्ययन अनुसार गर्भवती अवस्थामा निप्पल तान्दा यसको दीर्धकालिन पीडा हुन्छ ।

ब्रा लगाएर नसुत्नुहोस : 

ब्रा लगाएर सुत्दा स्तनमा रक्त प्रबाहमा गम्भीर प्रभाव पर्ने, स्तनको टुप्पोमा अशर गर्ने, पानी झर्ने, मुन्टा सुन्निने समेत खतरा हुन्छ ।

स्तनमा गिर्खा वा डल्लो त छैन ? 

स्तनमा मासु पलाएमा चासो दिनुहोसः यदि स्तनमा सानो डल्ला वा गाँठो देख्नुभयो भने तत्काल स्तनको एक्सरे गरि रोग भए नभएको पहिचान गर्नुपर्छ ।

त्यस्तै स्तनबाट रगत वगेको छ भने तत्काल चिकित्सककहाँ जानुपर्छ । यदि तपाई आफ्नो स्तनको आकारदेखि दिक्क हुनुहुन्छ र स्तन प्रत्यारोपण गर्ने सोचमा हुनुहुन्छ भने एक पटक राम्रोसँग सोच्नुहोस ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्