Logo
२३ बैशाख २०८१, आईतबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानलाई सुपरस्टार बनाउन यी सुन्दरीहरुको थियो ठूलो हात, हेरौँ को हुन् ती हिरोइनहरु ?

मुम्बई :  अभिनेता सलमान खानको बलिउडमा अहिलेसम्म पनि दबदबा कायमै छ । उनले आफ्नो स्टारडममै फिल्म चलाउने गरेका छन् । तर, उनले यो सफलता एक्लै हासिल गरेका भने होइनन् ।

उनको यस्तो स्टारडम हुनुमा उनीसँग अभिनय गरेका केही अभिनेत्रीहरूको ठूलो भूमिका छ । करिअरको सुरुवाती चरणमा सलमानले साथ पाएका ५ हिरोइन निम्न छन् :

भाग्यश्री –

सलमान खानको पहिलो फिल्म ‘मैंने प्यार किया’ थियो । त्यो फिल्ममा उनको साथमा थिइन्, हिरोइन भाग्यश्री । यो फिल्मले सलमानलाई रातारात स्टार बनाएको थियो । भाग्यश्रीकै कारण सलमान लाई अहिलेको स्टारडम मिलेको बताइन्छ । त्यतिवेला मैने प्यार कियाको सफलताको मूल श्रेय हिरोइन भाग्यश्रीलाई नै गएको थियो ।

माधुरी दीक्षित –

माधुरी दीक्षितको साथमा आएको फिल्म ‘हम आपके है कौन’ सलमानको करियरको टर्निङ पोइन्ट नै थियो । यो सलमानको फिल्मी करियरको पहिलो अल टाइम ब्लकबस्टर फिल्म हो । तर, यो फिल्मको सफलताको श्रेय पनि माधुरीले नै लिएकी थिइन् ।

करिश्मा कपुर –

सलमान र करिश्मा कपुरले केही फिल्ममा सँगै काम गरे । तर, उनीहरूको ‘बिबी नम्बर १’ फिल्म सुपरहिट भयो । त्यो फिल्म त्यतिवेला आएको थियो, जतिवेला सलमानलाई हिट फिल्मको खाँचो थियो । यस्तोमा करिश्माले नै उनको साथमा काम गरेर उनको करिअर बचाइदिएकी थिइन् ।

ऐश्वर्या राय –

ऐश्वर्या राय बच्चनको साथमा आएको संजय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ ब्लकबस्टर चल्यो । त्यस फिल्ममा ऐश्वर्या र सलमानको प्रेमकहानी निकै मन पराइयो । फिल्म ब्लकबस्टर हुनुमा ऐश्वर्याको सुन्दरता प्रमुख एक कारण मानियो । फिल्ममा सलमान र ऐश्वर्याका साथमा अजय देवगण पनि प्रमुख भूमिकामा थिए ।

भूमिका चावला –

भूमिका चावलाले ‘तेरे नाम’ फिल्ममा सलमानसँग काम गरिन् । त्यसका अघि आएका सलमानका प्रायः फिल्म फ्लप भएका थिए । सतिश कौसिक निर्देशित ‘तेरे नाम’ सलमानको करिअरको अर्को टर्निङ थियो । तेरे नाममा सलमानको अभिनय र भूमिकालाई दर्शकले औधि मन पराए । हिरोइन भूमिकाकै कारण तेरे नाम अधिक सफल भएको बताउने गरिएको छ । ब्लकबस्टर तेरे नामपछि सलमानले पछि फर्किएर हेर्नुपरेको छैन ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्