Logo
१० जेष्ठ २०८२, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानिसको सिको गर्ने गोरिल्लासँग रेन्जरको सेल्फी

कंगो :  कंगोस्थित भिरुंगा नेसनल पार्कमा दुई गोरिल्लासँग खिचिएको एक सेल्फी निकै भाइरल बनिरहेको छ।

सन् २००७ मा यी दुई गोरिल्लाको आमा तस्करहरुले मारेका थिए। २ र ४ महिनाकै उमेरमा आमा मरेपछि नेसनल पार्कले यी दुई गोरिल्लालाई तस्करबाट बचाएर पालेका हुन्।

नेसनल पार्कका रेन्जरहरुलाई यी गोरिल्लाहरुले अभिभावक मान्ने पार्कले बताएको छ । उनीहरुले मानिसको सिको गर्ने गरेको जनाइएको छ । भिरुंगा नेसनल पार्कका कार्यकारी निर्देशक इनोसेन्ट बुरानुम्वेका अनुसार सानै देखि यी गोरिल्लाहरु पार्कका रेन्जरसँग हुर्किएका हुन्। त्यसैले रेन्जरले जे भन्यो त्यो उनीहरु मान्छन्।

बुरानुम्वेले यी गोरिल्ला आफूलाई मानिसजस्तै लाग्ने बताए। उनले भने, ‘उनीहरु मानिसको सिको गर्छन् । मानव बन्ने प्रयास गरिरहेका छन्।’

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्