Logo
२१ जेष्ठ २०८२, मंगलबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानीराखौँ : युरिक एसिड के हो ?  यसबाट कसरी बच्ने र के खाने / नखाने ?

काठमाडौँ :  युरिक एसिडको समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ ।

एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ। तर कुनै कारणले मृगौलाले शरीरमा भएको युरिया छान्न नसक्ने अवस्था आयो भने यो समस्या आउने गर्दछ । एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ ।

युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ , यसको मात्रा पिसाबद्धारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुनथाल्छ र हड्डीमा क्षति पुर्‍याउने गर्छ ।

युरिक एसिड भएमा आर्थराइटिस हुने सम्भावना उच्च हुन्छ । यो हामीले खाने खानाबाट बन्ने गर्दछ । युरिक एसिडलाई कम गर्ने हो भने हामीले खाने दैनिक खानपानमा ध्यान दिनु अत्यन्त जरुरी रहन्छ ।

 कस्ता व्यक्तिलाई यो समस्या हुने गर्छ ?
शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई युरिक एसिडको सम्भावना उच्च हुन्छ साथै खानामा प्रोटिनको कमी भएमा यो समस्या हुन सक्छ ।तेसैले, खानामा सबै खनिज प्रदार्थलाई समाबेश गरेर खाने गर्नु पर्छ । मुख्य प्रोटिन भएको खानाको सेवन गर्ने गर्नु पर्दछ

 समस्या ?
मदिराको सेवन, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमील पनि यो समस्या शरीरमा देखिने गर्दछ। त्यस्तै, रेड मिट, सी फूड, गेडागुडीको सेवन तथा विशेष प्रकारका केही औषधीको सेवनले पनि युरिक एसिडको समस्या निम्तिने गर्छ ।

कसरी बच्ने ?
यसबाट बच्न यो समस्या भएका व्यक्ति सकेसम्म चिसोबाट बच्ने गर्नु पर्छ ।चिसो मौसममा न्यानो कपडाको प्रयोग गर्ने गर्नेगर्नु पर्छ ।साथै डाक्टरले सल्लाह दिए बाहेकका औषधि सेवनलाई बन्द गर्नु पर्छ ।

के खाने ?
– खाना ओलिभ९जैतुन०को तेल प्रयोग गरेर पकाउने जुन स्वस्थ तथा मुटुका लागि फाइदाजनक छ ।
– ज्वानोको प्रयोग गर्ने ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले दुखाई कम गन मद्दत गर्छ ।
– रातो मिला मिर्च, खुर्सानी, टमाटर, व्लुबेरी, ब्रोकाउली स्याउ रस तथा अंगुरको सेवन गर्ने ।
– बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटको प्रयोग नगर्ने ।
– डब्बामा धेरै समयसम्म राखेको खाना नखाने
– माछा तथा मासुको सेवन कम मात्रामा गर्ने ।
– गेडागुडीको प्रयोग नगर्ने ।

अन्य
दैनिक शारीरिक व्यायाम गर्ने गर्नु पर्छ जसले गर्दा केहि हतसम्म यसको समस्याबाट बच्न सकिन्छ ।धेरै सुत्नु हुन्न बिहान छिटै उठने र बिहानको स्वस्छ हावामा बस्ने गर्ने गर्नुपर्छ । दैनिक खानपन तथा व्यायामको सन्तुलन मिलाउन सके यसबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्