Logo
२३ जेष्ठ २०८२, बिहीबार
(April 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको सबैभन्दा ठूलो विमानले अमेरिकाबाट उडान भर्‍यो

विश्वकै सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो विमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ।

यो विमानमा २ वटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन्। स्ट्रेटोलन्च नामक कम्पनीअन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो विमानले पहिलो उडान भरेको हो। अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ।

यो परियोजना सफल भएमाअन्तरिक्षमा कुनै सामान पठाउन रकेट भन्दा पनि सस्तो र सुलभ हुने छ। पहिलो उडानमा नै यो विमान १५ हजार फुटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको छ।

प्रकाशित मिति: Apr 14, 2019

प्रतिक्रिया दिनुहोस्