नयाँ वर्षको दिन बिहानैदेखि सूर्यले राशी परिवर्तन गर्ने हुनाले हेर्नुहोस् कुन राशीलाई कस्तो असर पर्छ
काठमाडौँ : नयाँ वर्ष २०७६ सालको पहिलो दिनबाट नै सूर्यले राशी परिवर्तन गर्ने भएको छ । नयाँ वर्षको दिन बिहान ७ बजेबाट नै सूर्य ग्रहले राशी परिवर्तन गरेर उच्च राशी मेषमा प्रवेश गर्ने भएको छ । सूर्यको उच्च राशी रहेको मेष राशीमा प्रवेश गर्दै गर्दा महासंयोग बन्ने भएको छ । जसको कारण राशी चक्रमा ठूलो प्रभाव पर्ने देखिएको छ ।
आइबारको दिन सूर्यकै दिन हो , विशेष गरेर आइतबारको दिनलाई सूर्य भगवानको दिनको रुपमा लिने गरिन्छ । लामो समय पछि सूर्यले राशी परिवर्तन गर्ने भएकाले राशीको चक्रमा महासंयोगको असर पर्नेछ । त्यसरकाण सूर्यले राशी परिवर्तन गर्दै गर्दा कुन राशीलाई कस्तो असर पर्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
मेष राशी : सूर्य ग्रहले राशी परिवर्तन गरेसँगे मेष राशी हुने व्यक्तिहरुले हरेक क्षेत्रमा सलता पाउने भएको छन् । सूर्यको पाँचौ भावमा रहने सिंह राशीले स्वामी भइ उच्च स्थानमा रहनेछ । मेष राशी हुने व्यक्तिहरुको लागि राजनितिक पत्रकारीता जस्त क्षेत्रमा प्रसस्त लाभ मिल्नेछ ।
वृष राशी : सूर्य वृष राशीको बाह्रौँ भावमा रहने भएकाले वृष राशी हुने व्यक्तिलाई कम्बर तथा आँखा सम्बन्धि समस्या हुने देखिएको छ । अधिक मात्रामा खर्च बढेर जाने भएकाले विभिन्न समस्याको सामना गर्ने स्थिती सिर्जना हुनेछ ।
मिथुन राशी : यो राशी हुने व्यक्तिको लागि सूर्यले वृद्धि गर्ने हरेक कार्यमा सफलताको मार्ग निर्देशन गर्ने धर्ममा मन नलाग्ने तथा अन्य थुप्रै लाभ हुने देखिएको छ ।
कर्कट राशी : यस राशी हुनेहरुको लागि सूर्यको राशी परिवर्तनले कम्बर तथा मुटु सम्बन्धि समस्या देखिने सम्भावना रहेको छ । सानातिना कुरामा सफलता मिल्नेछ । यो एक महिनाको अवधीमा निकै सावधानी अपनाउनुपर्नेछ ।
सिंह राशी : सिंह राशी भएका व्यक्तिको भाग्य उदय हुनेछ । धर्म, कर्म , भूकि बाहन तथा अन्य क्षेत्रमा लाभ हुनुको साथै सरकारी क्षेत्रमा विशेष सफलता मिल्नेछ ।
कन्या राशी : यो राशी भएका व्यक्तिको गुप्त योजना सफल हुनेछन् । धन सञ्चय हुनुको साथै बाणी तथा विदेश यात्राको लागि योग्य हुनेछ ।
तुला राशी : सूर्यले राशी परिवर्तन गरेर यो राशीको सातौँ स्थानमा प्रवेश गर्नेछ । मनमा सामान्य दुविधा बढ्नेछ । कार्यमा सफलता मिल्नेछ । टाउको दुखाई सम्बन्धी समस्याले सताउला । चन्द्र मजबुत बनाउन अत्याधिक पानीको सेवन गर्नुपर्नेछ ।
वृश्चिक राशी : सूर्यको राशी परिवर्तनले यो राशी भएका व्यक्तिको लागि कार्यक्षेत्रमा लाभ हुनेछ । नोकरीको साथै अन्य थुप्रै क्षेत्रमा लाभ प्राप्त होला । सरकारी नोकरीमा लागेकाहरुको लागि पदोन्नतीको समय रहेको छ ।
धनु राशी : यो राशीको पाँचौँ भावमा सूर्यले प्रवेश गर्नेछ । त्यसकारण यो राशी भएका व्यक्तिलाई सन्तान, विद्या र बुद्धिमा फाइदा मिल्नेछ । लामो दूरीको यात्रासँगै लाभ हुने सम्भावना छ ।
मकर राशी : यो राशी भएका व्यक्तिको लागि पिताको तर्फबाट भूमि वा भवन मिल्ने सम्भावना धेरै रहेको छ । अधुरा कार्यहरु सफल हुनेछन । मित्रबाट धोका हुने भएकाले सावधानी अपनाउनुपर्नेछ । मुटु सम्बन्धी समस्याले सताउला ।
कुम्भ राशी : यो राशी भएका व्यक्तिलाई धर्मकर्मले लाभ हुनेछ । नोकरीमा पदोन्नतिको योग रहनेछ ।
मिन राशी : सूर्यको राशी परिवर्तनले यो राशी भएका व्यक्तिको लागि धन तथा बाणीको लाभ मिल्नेछ । गोप्य योजना प्रभावकारी ढंगले सफल हुनेछ । विदेशको लागि यात्रा शुभ हुनेछ ।