Logo
२४ बैशाख २०८१, सोमबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा रेल दुर्घटना : ६ जनाको मृत्यु, मृतकको संख्या अझ बढ्न सक्ने अनुमान

बेइजिङ : मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
अलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए ।

हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा ४ जना रेलसेवाका कर्मचारी र २ जना स्थानीय गाउँलेको मृत्यु भएको पाइएको छ ।

रेलका डब्बा एकअर्कामाथि खप्टिएको अवस्थामा रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । अधिकारीहरुले घटनाको अनुसन्धान पनि शुरु गरेका छन् । (एएफपी)

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्