Logo
२५ जेष्ठ २०८२, शनिबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौं : पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण बालबालिकाहरुमा एकोहोरोपन र आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्