Logo
९ जेष्ठ २०८१, बुधबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलले ३ क्यामेरा भएको आइफोन यही वर्ष ल्याउने

अमेरिकी प्रविधि कम्पनी एप्पलले यहीवर्ष ३ क्यामेरा भएको आइफोन ल्याउने तयारी गरेको छ। जापानी एप्पल ब्लग माकोटेकाराका अनुसार सन् २०१८ मा आइफोन एकआरु, एक्सएस र एक्सएस म्याक्स ल्याउन सफल एप्पलले सन् २०१९ भित्र नै ३ क्यामेरा भएको आइफोन बजारमा सार्वजनिक गर्नेछ।

एप्पल आइफोन ११ को तयारीमा लागि परेको छ। भर्खरै एप्पलले आइफोन ११ पछि साना आइफोनमा आफूले काम गर्ने जनाएको थियो। यो फोन आइफोन ११ हो भनेर केही खुलाइएको छैन।

३ क्यामेरा भएका आइफोन ओलेड डिस्प्ले भएका फोन हुन्। यो ६ दशमलब १ देखि ६ दशमलब ५ इन्च सम्मको हुनेछ। यस फोनबारे अन्य जानकारी आगामी दिनमा दिइने ब्लगमा जनाइएको छ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्