Logo
२७ भाद्र २०८१, बिहीबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसभा निर्वाचन : चाइनाटोली गाँउका सबै मतदाताले गरे मतदान बहिष्कार

एजेन्सी : भारतमा आज बिहीबार निर्धारण गरिएको पहिलो चरणको लोकसभा निर्वाचन जारी छ । तर, उपल्लो आसाम क्षेत्रमा पर्ने चाइनाटोली गाँउका मतदाताले भने निर्वाचन बहिष्कार गरेको खबर छ । लोकसभा निर्वाचनको जोरहत निर्वाचन क्षेत्रमा पर्ने चाइनाटोलीमा उपयुक्त सडक छैन । यसैलाई लिएर गाउँलेहरु राजनीतिक दलसँग रुष्ट छन् ।

“भारत स्वतन्त्र भएको पनि ७२ वर्ष भइसक्यो । तर भोट हालेर अहिलेसम्म हामीले के पायौं रु” चाइनाटोली निवासी पलाश गोगोईले असन्तुष्टि पोखे । हाल गोरहतस्थित एक औद्योगिक तालिम संस्थानबाट डिप्लोमा गरिरहेका पलासले भने, ‘कांग्रेस आयो, त्यसपछि भाजपा आयो । तर हामीकहाँ एउटा सडक आएन । त्यसैले यस पटक हामीले निर्वाचन वहिष्कार गर्ने निर्णय गरेका हौं ।”

कांग्रेसको केन्द्र
जोरहत क्षेत्रबाट हाल कमख्या प्रसाद तासा सांसद छन् । उनले भाजपाबाट अघिल्लो चुनाव जितेका थिए । त्यस अघि १८ वर्षसम्म, कांग्रेसका विजोय कृष्ण हन्दिक यस क्षेत्रका प्रतिनिधि थिए । विधान सभाको लागि भने चाइनाटोली मरियानी विधान सभा निर्वाचन क्षेत्रमा पर्छ । त्यसमा तीन पटक देखी कांग्रेस विधायक रुपज्याती कुर्मीले प्रतिनिधित्व गरिरहेका छन् ।

अघिल्लो पटकको भाजपा उमेद्वार तासाको जितलाई बिर्सने हो भने यो कांग्रेसको गढ हो । आसामका पूर्व मुख्य–मन्त्री तरुन गोगोई पनि सटेको क्षेत्र तिताबारका विधायक हुन् । चाईनाटोली अप्पर आसामको सबैभन्दा ठूलो मध्य एक जोरहतबाट जम्मा २० किमी टाढा छ । गाउँमा ४०० परिवार बस्छन् र त्यहाँ ९०० मतदाता छन् । उनीहरु सबैको गुनासो प्रत्यक पटकको सरकारले गाँउमा सडक बनाउने मागलाई वेवास्ता गर्यो भन्ने छ ।

सडक निर्माणको इतिहासबारे जानकार गाउँका एक व्यवसायी दिवाकर बरुआले भने ,“ पब्लिक वर्क डिपार्टमेन्टले सन् १९७० मा सडक निर्माण सुरु गरेको थियो तर त्यसपछि केही भएन । ” सन् २०१८ मा पनि गाँउले पंचायत निर्वाचन वहिष्कार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्