Logo
२४ बैशाख २०८१, सोमबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो चेल्सी

 

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलको सोमबार राति भएको खेलमा चेल्सीले वेस्टह्याम २–० को अन्तरले हराएको छ । जित सँगै ६६ अंकका साथ चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

इडन हाजार्डको दुई गोलको सहायताले चेल्सीले सहजै जित निकाल्यो । पहिलो हाफको २० औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका हाजार्डले अन्तिम समयमा पनि एक गोल थप्दै स्पष्ट तीन अंक दिलाउन सफल भए ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्