Logo
१३ बैशाख २०८१, बिहीबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेश : शीतलहरको तुलनामा गर्मीको जोखिम उच्च

काठमाडौँ : विशेषगरी तराई-मधेशमा गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा (लु) र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक गरेको प्रतिवेदनमा गर्मी बढ्ने क्रममा रहेको र देशको दक्षिणी भेगमा गर्मी रात, अग्रिम मनसुन र मनसुनको समयमा वर्षा धेरै हुनेगरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

जल तथा मौसम विभागको सहयोगमा सन् १९८७ देखि २०१६ सम्मको तथ्याङ्क अध्ययन गरिएको थियो । तीन जिल्लाका ३१८ सहभागीलाई गरिएको अध्ययनमा ५० प्रतिशत सहभागीमा बढ्दो तापक्रमले स्वास्थ्यमा समस्या देखिएको प्रतिवेदनले औल्याएको छ ।

प्रतिवेदन भन्छ, “तराई–मधेशमा गर्मीलहरको जोखिम उच्च हुँदै गएको छ । यससित जुध्न समयमै समस्या सम्बोधन हुनु जरुरी रहेको छ ।”

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्