Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चीन गो ब्याक’ को नारा सहित यूवाहरुको विरोध प्रदर्शन

जनकपुर : विभिन्न प्रदेशले चीनबाट गाई ल्याउने गरेको सहमति विरुद्ध जनकपुरधाममा यूवाहरुले विरोध प्रदर्शन गरेका छन् । प्रदेश २, प्रदेश ३ र गण्डकी प्रदेश सरकारले चीनबाट गाई ल्याउने तयारी अगाडि बढाएपछि यूवाहरुले विरोध जनाएको हो ।

गत शुक्रबार प्रदेश ३ र गण्डकी प्रदेश तथा शनिबार प्रदेश २ सरकारले चिनियाँ पक्षसँग चीनबाट गाई नेपाल ल्याउने सहमति गरेको थियो ।

यस सहमतिको विरोध गर्दै यूवाहरुले ‘चाईना गो ब्याक’ को नारासहित प्लेकार्ड लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरेको हो । उनीहरुले सम्झौता खारेज गर्न प्रदेश सरकारसँग माग समेत गरेका छन ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्