नकारकत्मक समाचारप्रति प्रियंका र निककोे आक्रोश
बलिउडकी चर्चित नायिका प्रियंका चोपडा यतिबेला चर्चामा आएकीछिन् । चर्चामा आउनुको कारण भने उनको बैवाहिक जीवन पनि हो । केही महिना अघि मात्र आफु भन्दा ११ बर्ष कान्छा प्रेमी अमेरिकन गायक तथा नायक निक जोनससंग बिवाह गरेकी उनको केही दिन यता डिभोर्स हुन लागेको खबर छ्याप्छ्याप्ती भयो ।
अमेरिकाको एक म्यागजिनले दाबी गर्दे प्रियंका र निकले डिभोर्स दिन लागेको उल्लेख गरेको थियो । उसले प्रियंकाले निकमाथि ‘कन्ट्रोलिङ’ स्वभाव देखाएएको र सोही कारण निकले डिभोर्स दिन लागेको दाबी थियो ।
यता प्रियंकाले डिभोर्सको खबरमा औपचारिक बयान दिईनन् बरु ट्वीटरमा आफनो श्रीमान र परिवारसहितको तस्बिर सेयर गर्दे आलोचकहरुको मुख थुनिन् । यता डिभोर्सको खबर छाप्ने म्यागजिनबिरुद्ध प्रियंका र निक मुद्धा हाल्ने तयारीमा जुटेका छन् ।
उनीहरुले उक्त म्यागजिनलाई डिभोर्सको खबरलाई खण्डन गर्दे माफीसहित समाचार छाप्न भनेका छन् । यदि नमानेको खण्डनमा करोडौँ क्षतिपुर्तीको माग गर्दे म्यागजिनबिरुद्ध मुद्धा हाल्ने प्रियंका निकको चेतावनी रहेको छ ।
म्यागजिनले डिभोर्सको खबर छापिरहदा भने प्रियंका निक भ्रमणमा रमाईरहेका थिए । स्मरण रहोस यसअघि पनि लण्डनको एक म्यागजिनले निकलाई प्रियंकाले फसाएको र सम्पत्तिको लागि बिवाह गरेको भन्दै समाचार छापेको थियो । उक्त खबरको सर्बत्र बिरोध भएपछि समाचार लेख्ने र म्यागजिनले समेत माफी मागेको थियो ।