अफगानिस्तानको प्रहरी चौकीमा तालिवान आक्रमण हुँदा ८ प्रहरीको मृत्यु
मजार-ए-शरिफ : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा गएराति भएको आक्रमणमा ८ जना प्रहरीको मृत्यु भएको छ ।
तालिबान लडाकू समूहले गरेको यस आक्रमणमा परी अन्य ६ जना घाइते भएको स्थानीय प्रहरी स्रोतले मङ्गलबार जनाएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।
अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट सुरक्षाको जिम्मा अफगान सुरक्षाबलले लिएपछि अफगान सुरक्षाकर्मीको मृत्यु हुनेक्रम बढेको छ । (सिन्ह्वा)