Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवको समाचार सङ्कलन गर्न हिँडेका पत्रकार राजेन्द्र अधिकारी सहित २ विद्यार्थी पक्राउ

कास्की : नेपाल पत्रकार महासंघ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारी सहित २ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान पोखरा महानगरपालिका-१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् ।

पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग गरेका छन् ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्