Logo
१७ बैशाख २०८१, सोमबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियाले एक अन्तरवार्तामा यसरी खुलाईन् आफ्नो रोग

बलिउड नायिका आलिया भट्टले हालै फिल्म ‘राजी’ का लागि फिल्मफेयरको उत्कृष्ट नायिकाको अवार्ड पाइन् ।

सन् २०१२ मा स्टूडेन्ट अफ द इयरबाट आफ्नो करियरको सुरुवात गर्ने उनले हालै दिएको एक अन्तरवार्तामा आफू एन्जाइटी (चिन्ता, पिर) बाट गुज्रिरहेको खुलासा गरिरहेकी छिन् । एन्जाइटीबारे कुरा गर्दै आलिया भट्टले भनिन्, ‘म डिप्रेशनमा छैन तर मलाई एन्जाइटी भने अत्यधिक छ । मलाई यसले तारन्तार दुःख दिइरहेको छ ।

म पछिल्लो ५-६ महिनादेखि तनावमा भएको महसुस गरिरहेकी छु । कतैै मलाई एन्जाइटी अट्याक त हुँदैन रु म कहिलेकाँही निकै मलिन महसुस गर्छु । तर यसका लागि म आफ्नी दिदीलाई धन्यवाद दिन्छु । म उसैका कारण यी सब कुराका लागि जागरुक छु । उनले डिप्रेशनको लडाईं लडेकी थिइन् । ’

आलिया भट्ट भन्छिन्, ‘म कहिलेकाँही तनावमा भएको महसुस गर्छु । कहिले काँही त यस्तो लाग्छ कि म कुनै कारणबिना नै रोइरहेकी छु । तर पुनः सबै कुरा साधारण हुन्छ । सुरुमा यस्तो हुँदा मलाई के भइरहेको छ, थाहै हुँदैनथ्यो । ’ ‘मेरो जस्तो व्यक्तित्व थियो त्योभन्दा अलग महसुस गर्न थालेकी थिएँ । मैले आफ्ना साथीसँग पनि यसबारे कुरा गरेकी थिएँ । सबैले मलाई यो आफसेआफ ठिक हुने बताउँछन् । ’

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्