Logo
६ श्रावण २०८१, आईतबार
(March 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारीलाई कारवाही गर्न दवाव दिँदै अख्तियार कार्यालय अगाडि विवेकशील साझाको प्रदर्शन

काठमाण्डौं : शुक्रबार विवेकशील साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको छ । सो पार्टीले गत फागुन १४ गते भ्रष्टाचारविरुद्ध ज्ञापनपत्र समेत बुझाएको थियो ।

प्रदर्शनमा राष्ट्रिय झण्डासहित सहभागी विवेकशीलका नेता कार्यकर्ताले ‘ठूलो माछा कता छ, सिंहदरवार जता छ’ भन्ने प्लेकार्ड बोकेका थिए ।

विवेकशील साझा पार्टीले बाइडबडी, ३३ केजी सुन तसकरी, मेलम्ची लगायतमा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न सरकारलाई दवाव दिँदै आएको छ । शुक्रबार भ्रष्टाचारविरुद्ध काठमाडौ लगायत सातै प्रदेशमा प्रदर्शन गरेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Mar 29, 2019

प्रतिक्रिया दिनुहोस्