Logo
२४ असार २०८२, मंगलबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफुभन्दा बढी उमेर भएकी युवतीसँग बिहे गर्दा हुन्छ यी फाइदा

काठमाडौ :  हाम्रो समाजमा विवाहको लागी पुरुषहरुले आफुभन्दा कम उमेरको महिलाहरु हेर्ने गर्दछन् । त्यसैले परम्परा देखि नै हाम्रो देशमा पुरुषहरुले कम उमेरको महिला विहे गर्नुपर्छ भन्ने मानसिकता बसिसकेको छ ।

तर आज हामी ठिक उल्टो पुरुषहरुले आफुभन्दा बढी उमेरको युवती बिहे गर्दा के फाइदा हुन्छ भन्ने विषयमा बताउन गइरहेका छौ । हेर्नुस् यी ४ फाइदा जसले बनाउँछ दाम्पत्य जीवन सुखमयी :

जिम्मेवारी 
दाम्पत्य जीवनमा सबैभन्दा ठुलो कुरा जिम्मेवारी वहन गर्नु हो । यदि कुनै पुरुषहरुले आफु भन्दा बढी उमेरका युवती विहे गरेमा केही पनि चिन्ता लिनु पदैन् । त्यसैले आफुभन्दा बढी उमेरका श्रीमतीले सबै जिम्मेवारी पुरा गरेर थप हौसला प्रदान गर्छिन् ।

आर्थिक रुपमा बलियो
दाम्पत्य जीवनको दोस्रो कुरा भनेको आर्थिक रुपमा बलियो हुनु हो । यदि तपाईले आफुभन्दा बढी उमेरको श्रीमती बिहे गरेमा आर्थिक भार एक्लैले खेप्न पदैन् । ती युवती आफै आर्थिक भार खेप्ने सक्ने भएकाले सबै समस्याबाट पुरुषहरु मुक्त हुन्छन् ।

सम्बन्धमा इमान्दार
दाम्पत्य जीवनको तेस्रो महत्वपूर्ण कुरा भनेको सम्बन्धमा इमान्दार हुनु हो । किनभने अहिले यही सम्बन्धको कारण कयौ मानिसहरुको सम्बन्ध विच्छेद भइरहेको छ । यदि तपाईले आफुभन्दा बढी उमेरको युवती बिहे गर्नुभयो भने कम उमेरको युवतीहरुको भन्दा कयौ गुणा राम्रो सम्बन्ध हुनेछ ।

आत्मनिर्भर
यदि महिला र पुरुष दुवै आफैमा आत्मानिर्भर भएमा दाम्पत्य जीवन र परिवारमा दुख भन्ने कुरा कहिल्यै पनि आउदैन् । किनभने हरेक पुरुषले झेल्नु परेको समस्या भनेको आफ्नो श्रीमती र परिवारको हेरचाह गर्नु हो । तर श्रीमतीनै आत्मानिर्भर भएपछि सबै समस्याबाट मुक्ति पाइन्छ । यदि कम उमेर युवती बिहे गरेमा यो समस्या पटक- पटक आईरहन्छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्